PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कुशल मल्लको अर्धशतक, दवाबमा नेपाली ब्याटिङ



पहिलोपोस्ट

कुशल मल्लको अर्धशतक, दवाबमा नेपाली ब्याटिङ

काठमाडौं : कुशल मल्लले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी एकदिवसीय सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा मल्लले अर्धशतक प्रहार गरेका हुन्।

उनले ४२ बलमा ३ छक्का र ६ चौकाको सहायतामा अर्धशतक पुरा गरेका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै आक्रामक ब्याटिङ गरे पनि विकेट जोगाउन नसक्दा दवाबमा छ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाउँदा आशिफ शेख ९, कप्तान रोहित पौडेल ६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। त्यस्तै सुन्दिप जोराले ५ रन बनाए। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले लामो साझेदारी गर्दै स्कोर माथि उकासिरहेका छन्।

२०.४ ओभरमा नेपालको ५ विकेट गुमाएर १३३ रन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell