PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मल्लपछि ऐरीको अर्धशतक, ठूलो साझेदारी बनाउनु पर्ने चुनौती



पहिलोपोस्ट

मल्लपछि ऐरीको अर्धशतक, ठूलो साझेदारी बनाउनु पर्ने चुनौती

काठमाडौं : कुशल मल्लपछि दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा ऐरीले अर्धशतक प्रहार गरेका हुन्।

ऐरीले ७० बलमा १ छक्का र पाँच चौकाको सहायतामा ३०.५ ओभरमा अर्धशतक पूरा गरेका हुन्।

उनीअघि कुशल मल्लले अर्धशतक प्रहार गरेका थिए। मल्लले ४२ बलमा ३ छक्का र ६ चौकाको सहायतामा अर्धशतक पूरा गरेका थिए। ऐरीसँग सय रनको साझेदारी बनाएका मल्ल ८१ रन बनाएर आउट भए।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै आक्रामक ब्याटिङ गरे पनि विकेट जोगाउन नसक्दा दबाबमा छ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाउँदा आशिफ शेख ९, कप्तान रोहित पौडेल ६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। त्यस्तै, सुन्दीप जोराले ५ रन बनाए। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुलसन झा क्रिजमा छन्।

३१ औं  ओभरको समाप्तिमा नेपालको ६ विकेट गुमाएर १८९ रन  बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell