PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

‘ज्याकी : आई एम ट्वान्टी वान’ बैशाख २१ बाट प्रदर्शन हुने



पहिलोपोस्ट

‘ज्याकी : आई एम ट्वान्टी वान’ बैशाख २१ बाट प्रदर्शन हुने

काठमाडौं : फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक पोस्टर र टिजरसँगै प्रदर्शन मिति तय भएको छ। धिरज मगरको मुख्य भूमिका रहेको यो फिल्म २०८० बैशाख २१ गतेबाट रिलिज हुनेट।

फिल्मको फर्स्टलुक पोस्टरका साथै टिजरमा धिरजको अनुहार मात्र देखाइएको छ। फिल्मका अन्य कलाकारहरु भने पोस्टर र टिजरमा राखिएको छैन।फिल्ममा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ।

आई कोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन्। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा यस फिल्मका निर्माता हुन्।

रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell