PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

अभिनेत्री करिश्मा मानन्धरबारे ‘जथाभावी’ बोल्ने पुरुषलाई के आधारमा हिरासतमा राख्ने अनुमति पायो प्रहरीले?



पहिलोपोस्ट

अभिनेत्री करिश्मा मानन्धरबारे ‘जथाभावी’ बोल्ने पुरुषलाई के आधारमा हिरासतमा राख्ने अनुमति पायो प्रहरीले?

काठमाडौं : अभिनेत्री तथा नेकपा (एमाले)की नेतृ करिश्मा मानन्धरले उजुरी दिएका पुरुषलाई प्रहरीले पक्राउ गर्‍यो। झापाको दमक नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई काठमाडौंको बानेश्वरबाट नियन्त्रणमा लिएको छ। केही दिनअघि आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने किसिमले भ्रम फैलाउने अभिव्यक्ति दिएपछि मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।

त्यसपछि प्रहरीले खनालको खोजी गरेको थियो। शुक्रवार मात्र प्रहरीले खनाललाई हिरासतमा राख्ने अनुमति अदालतबाट पाएको छ। २४ घण्टा भन्दाबढी समय हिरासतमा राखेर अनुसन्धान गर्नु पर्दा प्रहरीले अदालतबाट अनुमति लिनुपर्ने हुन्छ।

जसको लागि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अपराध गरेको भन्दै हिरासतमा राख्ने अनुमति लिएको थियो। चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको हो।

ति पुरुषले युट्युबरसँगको अन्तर्वातामा आफ्नो चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएकोले प्रहरीमा उजुरी दिएको फेसबुकमार्फत करिश्माले जानकारी दिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell