PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राप्रपा नेपालले थाल्यो देशव्यापी सघन प्रशिक्षण, हिन्दुराष्ट्रको आवश्यकताबारे कक्षा



पहिलोपोस्ट

राप्रपा नेपालले थाल्यो देशव्यापी सघन प्रशिक्षण, हिन्दुराष्ट्रको आवश्यकताबारे कक्षा

काठमाडौं : राप्रपा नेपालले देशव्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ। जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको शुक्रवार पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरे। थापाले वैचारिक रुपमा प्रतिवद्ध र निष्ठावान कार्यकर्ताको जमातसहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

प्रशिक्षण कर्मकाण्डी नभई विषय केन्द्रित प्रभावकारी हुनुपर्नेमा थापाको जोड थियो। पार्टी र नेतृत्व माथि योजनावद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको छ, त्यो तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुन आग्रह गर्दै थापाले राप्रपा नेपाललाई आशा र भरोसाको पार्टी बनाउन सोहीअनुसारको भूमिका निर्वाह गर्नु आवश्यक भएको बताए।

कार्यक्रममा राजानीतिक कार्यदिशा, सम्बर्द्धनवादी दर्शन र जनवर्गीय संगठनको भूमिका विषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको आवश्यकताबारे डाक्टर बिष्णु भण्डारी, पार्टी संगठन निर्माण र परिचालन बारे राजाराम बर्तौला 'चुनेली' तथा नेतृत्व विकास विषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिएको प्रशिक्षण विभागका प्रमुख एवै महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए। संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानान्तर रुपमा देशब्यापी योजनाबद्ध रुपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell