PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

‘छक्का पञ्जा ४’को ट्रेलरमा दीपकले गरेको राजनीतिक जालझेल



पहिलोपोस्ट

‘छक्का पञ्जा ४’को ट्रेलरमा दीपकले गरेको राजनीतिक जालझेल

काठमाडौं : यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ।

ट्रेलरमा सत्तामा जान गरेको जालझेलबारे देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार दीपकराज गिरीलाई नेताको भूमिकामा देख्न सकिन्छ। दीपकले नेता बन्न गरेको लप्पन छप्पन र सत्तामा पुगेपछि आफैँ ठूलो देख्ने प्रवृतिलाई ट्रेलरले समेटेको छ।

पत्रकारको भूमिकामा रहेकी अभिनेत्री बेनिशा हमाललाई दीपकको प्रेमिकाको रुपमा देखाइएको छ।

यस फिल्ममा दीपक र बेनिशाका साथै दीपाश्री निरौला, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

हेमराज बीसी निर्देशित यो फिल्म फागुन १९ गतेबाट प्रदर्शन हुनेछ। सोही दिन अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ पनि रिलिज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell