A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.696d90d3465489.48918307): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.696d90d3465489.48918307,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लिग २ को विजेता बनेपछि 'एक्सपेरिमेन्ट' गर्ने सोचमा पुगेको हो स्कटल्याण्ड?
PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

लिग २ को विजेता बनेपछि 'एक्सपेरिमेन्ट' गर्ने सोचमा पुगेको हो स्कटल्याण्ड?



पहिलोपोस्ट

लिग २ को विजेता बनेपछि 'एक्सपेरिमेन्ट' गर्ने सोचमा पुगेको हो स्कटल्याण्ड?

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज काठमाडौँमा जारी छ। सात टोली सम्मिलित लिगको छैटौँ स्थानमा रहेको नेपालले आफ्ना दुई खेलमा ब्याक टू ब्याक जित निकाले पनि आफ्नो 'पोजिसन' सुधार्न सकेको छैन। नेपाल अझै हार धान्न सक्ने अवस्थामा छैन।

अर्कोतर्फ स्कटल्याण्ड भने प्रयोग गर्ने मुडमा देखिएको छ। सिरिजको पहिलो खेलमा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेसँगै लिग २ कै च्याम्पियन बन्ने पक्का भएको स्कटल्याण्ड यतिबेला परीक्षण गर्ने 'मुड' मा देखिएको छ।

कूल खेल्नुपर्ने ३६ खेलमध्ये ३४ खेल खेलेको स्कटल्याण्डले ४८ अंक जोड्दै शीर्षस्थान सुरक्षित गरिसकेको छ। दोस्रो स्थानमा सबै ३६ खेल खेलिसकेको ओमन ४४ अंक जोडेर छ। ३२ खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहँदा सबै ३६ खेल खेलेर ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ। पाँचौ स्थानमा २६ खेलबाट २७ अंक जोडेको यूएई छ भने छैटौ स्थानमा २६ खेलबाट २२ अंक जोडेर नेपाल रहेको छ। नेपाल भन्दा पछाडि २८ खेलबाट ५ अंक जोडेको पपुवा न्युगिनी रहेको छ।

शीर्ष स्थानमा रहेको स्कटल्याण्डले च्याम्पियन बन्ने पक्का भइसकेपछि पनि अझ दुई खेल खेल्न बाँकी छ। अर्थात बाँकी दुई खेलमा उसलाई नयाँ प्रयोग गर्ने अवसर हुनेछ।

त्यसैले आजको नेपालविरुद्धको खेलमा नामिवियाविरुद्ध शतक बनाएका जर्ज मुन्सेसहित मुख्य तीन खेलाडीलाई स्कटल्याण्डले विश्राम दियो र तीन जना खेलाडीलाई नेपालविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरायो।

'अब हामी टिममा केही नयाँ प्रयोग गर्न सक्छौँ। सम्भावना बोकेका खेलाडीलाई हेर्न सक्छौँ। हाम्रा टोलीका तीन युवा खेलाडीको आजको एकदिवसीय डेब्यु खेल फेन्टास्टिक थियो,' स्कटल्याण्डका प्रशिक्षक शेन वर्गरले भने, 'हामी टोलीमा नयाँ नयाँ प्रयोग गर्न चाहन्छौँ। हामीसँग अहिले त्यो गर्ने अवसर पनि छ। हामी दवाबमा छैनौँ। हामीसँग अझै दुईवटा अवसर छ। त्यसपछि विश्वकप क्वालिफायर्समा जानुपर्नेछ। त्यहाँ ठूला टिमसँगको खेलमा दवाब हुनेछ।'

यद्यपि आफ्नो टोलीमा भएका १४ जना नै खेलाडी क्षमतावान भएको र खेल परिवर्तन गर्न सक्ने क्षमता राख्ने बताए।

'हाम्रो टोलीमा भएका १४ जना मध्ये कुनै पनि खेलाडीले खेलमा प्रभावित पार्ने क्षमता राख्दछन्। अवसरलाई सदुपयोग गर्न सक्छन्,' उनले भने, 'यति ठूलो समर्थकहरुको बीचको खेल्न पाउँदा फेन्टास्टिक अनुभव भएको छ।'

नेपाल विरुद्धको सुरुवाती ब्याटीङमा उत्रिएको स्कटल्याण्डका मिचेल लिस्कले शतक बनाएका थिए।

'उसको पहिलो एकदिवसीय शतक पनि उत्कृष्ट थियो,' बर्गरले नेपालसँगको हारबारे विश्लेषणा गर्दै भने, 'हाम्रो पराजयको कारण स्पस्ट नै छ बलिङमा अनुशासन थिएन, फिल्डिङ पनि कमजोर भएको थियो र मुख्यत: हामीमाथि दवाब थिएन।'

अर्कोतर्फ मिचेल लिस्कले नेपालविरुद्ध बनाएको शतक आफ्नो करियरमा बिर्सन नसक्ने क्षण भएको बताए।

'मेरो लागि क्रिकेट करियरको सबैभन्दा गौरव गर्न योग्य समय थियो। स्पेसल समर्थकहरुका अगाडि शतक बनाउने मौका पाएँ। म यसलाई वर्णन गर्न सक्दिन।' लिस्कले भने।

स्कटल्याण्डले सोमवार नामिविया र मंगलवार नेपालसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell