काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्धताका धरोहर भएको उल्लेख गरेका छन्।
महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं साँस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन्। यसमध्ये हिन्दू धर्मावलम्बीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्रि एक महत्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन्।
सभापति देउवाले यी चाड-पर्वहरुले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताउँदै महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।