PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपालले टस जित्यो : नामिबियाले सुरुवाति ब्याटिङ गर्ने, को-को छन् प्लेइङ ११ मा?



पहिलोपोस्ट

नेपालले टस जित्यो : नामिबियाले सुरुवाति ब्याटिङ गर्ने, को-को छन् प्लेइङ ११ मा?
फाइल फोटो

काठमाडौं : नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्ता दिएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। यसअघिको दुई खेलमा पनि टस जितेर नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले बलिङ रोजेका थिए।

पछिल्लो खेलमा भन्दा नेपाली टोलीमा कुनै परिवर्तन छैन। स्कटल्याण्डमाथिको जितपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले आफू ‘स्थायित्वमा विश्वास गर्ने’ भन्दै टोलीमा धेरै परिवर्तन नगर्ने संकेत गरेका थिए।

जारी सिरिजमा नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा नेपालसँग २ विकेटले पराजय ब्यहोरेको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले नामिबियासँग पाँचपटक आमनेसामने भएको छ। जसमा नामिबियाले तीन पटक जित निकाल्दा नेपालले एक पटक जित निकालेको छ। एक खेल नतिजाविहीन भएको थियो।

आज हुने नामिवियाविरुद्धको खेलमा नेपालले शुक्रवार स्कटल्याण्डसँग खेलेको टोलीबाट कुनै पनि परिवर्तन गरेको छैन। त्यस्तै, नामिबियाले पनि स्कट्ल्याण्डविरुद्ध खेल्दाको टोलीबाट परिवर्तन गरेको छैन।

नेपाली टोली :

रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, मोहम्मद आशिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलसन झा, सन्दीप जोरा, कुशल मल्ल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell