PahiloPost

Mar 27, 2023 | १३ चैत्र २०७९

भूकम्पले भत्किएपछि बन्द भएको वीर अस्पतालको ‘बर्न वार्ड’ तीन महिनामा सञ्चालन गरिने



रासस

भूकम्पले भत्किएपछि बन्द भएको वीर अस्पतालको ‘बर्न वार्ड’ तीन महिनामा सञ्चालन गरिने

काठमाडौं : वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ। अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने जनाएको छ।

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए। विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो।

‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसीयू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ।’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रवार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell