PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

जय शम्भो... पशुपतिमा यसपटकको महाशिवरात्रिका दृश्यहरु

जय शम्भो... पशुपतिमा यसपटकको महाशिवरात्रिका दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज महाशिवरात्रि। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भिड लागेको छ।

पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु आएका छन्। धेरैजसो बाबाहरु भारतबाट आएका छन्।

कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ।

पशुपतिमा शिवरात्रि मनाउन आइपुगेका जोगी आफ्नै धुनमा देखिन्छन्। कोही गाँजा तानिरहेका त कोही डमरु बजाइरहेका। साधुसन्तको दर्शन र आशीर्वाद लिन पनि कतिपय पशुपति पुग्ने गर्छन्।

शिवरात्रिका दिन धेरै संख्यामा युवायुवती दिउँसोबाट पशुपति पुग्ने गर्छन्। धेरैको उद्देश्य शिवको दर्शन भन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खानु हुन्छ। तर, गाँजा बेचविखनमा प्रहरीले कडाइ गरेको छ।

यद्यपि, युवापुस्ता नागा बाबा र साधुको वरिपरि झुमिरहेका हुन्छन्। पशुपतिमा आएका थरिथरिका बाबा युवापुस्ताका आकर्षणका केन्द्र बनेका देखिन्छन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व शनिवार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिवार देशभर मनाइँदै छ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell