PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

नेपाललाई नामिबियाको २ सय ७५ रनको विशाल लक्ष्य



पहिलोपोस्ट

नेपाललाई नामिबियाको २ सय ७५ रनको विशाल लक्ष्य
Photo: CAN

काठमाडौं : नामिबियाले नेपाललाई २ सय ७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेन ग्रिनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ७५ रन बनाउँदा त्यस्तै पिक्की या फ्रान्सले ४९ रन, लो-हान्द्रे लोउरेन्सले ४१, मिचेल भान लिन्गेनले २२ तथा कार्ल ब्रिकेनस्टकले २० रन बनाए। त्यस्तै आक्रामक ब्याटिङ गर्दै रुबेन ट्रम्पेलम्यानले ७ बलमा २४ रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा  महँगो सावित भएका करण केसीले एक  विकेट लिए। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा नेपालसँग २ विकेटल पराजय ब्यहोरेको नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले नामिबियासँग पाँचपटक आमनेसामने भएको छ। जसमा नामिबियाले तीन पटक जित निकाल्दा नेपालले एक पटक जित निकालेको छ। एक खेल नतिजाविहीन भएको थियो।

नेपाली टोली :

रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, मोहम्मद आशिफ शेख, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, गुलसन झा, सन्दीप जोरा, कुशल मल्ल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell