PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पसलमा साटेको नोट नक्कली भएपछि युवक समातिए, साथमा भेटियो थप नोट



पहिलोपोस्ट

पसलमा साटेको नोट नक्कली भएपछि युवक समातिए, साथमा भेटियो थप नोट

काठमाडौं : नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलालीमा शनिवार बिहान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले कैलालीको टीकापुर नगरपालिका १ शिव मन्दिर बाहिरबाट २३ वर्षीय तपेन्द्र शाहीलाई पक्राउ गरेको हो।

शाहीले खुद्रा पसलमा एक हजारको नेपाली नोट साटिरहेको अवस्थामा शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। साटिरहेको उक्त नोट नक्कली जस्तो देखिएकोले शरीर खानतलासी गर्दा साथबाट नक्कली जस्तो देखिने एक तर्फी रंगीन प्रिन्ट गरेको नोट १३ थान र दुवैतर्फ प्रिन्ट गरी जोडेको नोट थान ४ थान बरामद गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell