PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

आशिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतक, बन्दै ठूलो साझेदारी



पहिलोपोस्ट

आशिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतक, बन्दै ठूलो साझेदारी

काठमाडौँ: आशिफ शेख र ज्ञानेन्द्र मल्लले नामबियाविरुद्ध अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको नामिबियाविरुद्धको खेलमा शेख र मल्लले अर्धशतक बनाएका हुन्।

शेखले २२ ‍औं ओभरको समाप्तीमा ६२ बलमा अर्धशतक बनाएका हुन्। जसका लागि उनले ६ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै ज्ञानेन्द्र मल्लले २३ औं ओभरको समाप्तीमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। उनले ६५ बलमा ५ चौका र २ छक्काको सहायतामा अर्धशतक पुरा गरेका हुन्।

ज्ञानेन्द्र मल्ल। फाइल फोटो: क्यान

२३.४ औं ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाएर १२५ रन बनाएको छ।

टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई नामिबियाले २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेन ग्रिनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ७५ रन बनाउँदा त्यस्तै पिक्की या फ्रान्सले ४९ रन, लो-हान्द्रे लोउरेन्सले ४१, मिचेल भान लिन्गेनले २२ तथा कार्ल ब्रिकेनस्टकले २० रन बनाए। त्यस्तै आक्रामक ब्याटिङ गर्दै रुबेन ट्रम्पेलम्यानले ७ बलमा २४ रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा महँगो सावित भएका करण केसीले एक विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको नेपालले कुशल भुर्तेललाई १ रनमै गुमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell