A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.696d90363e52a5.24146532): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.696d90363e52a5.24146532,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.696d90364a5a75.98500301): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.696d90364a5a75.98500301,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

‘छुकछुक छुकछुक’ गीतमा नेपाली युवाहरु विदेशिएर गाउँ रित्तो भएको कथा
PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

‘छुकछुक छुकछुक’ गीतमा नेपाली युवाहरु विदेशिएर गाउँ रित्तो भएको कथा



पहिलोपोस्ट

‘छुकछुक छुकछुक’ गीतमा नेपाली युवाहरु विदेशिएर गाउँ रित्तो भएको कथा

काठमाडौं : छुकछुक छुकछुक

                 रेलकै बाटो गुडेर

                 भुरभुर भुरभुर

                 आकाशमै उडेर

                 जादैँछन् युवा विदेशमा

                 देशै रित्तो पारेर

युवा सशक्तीकरणमा आधारित ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

जागृत रायमाझीको शब्द र संगीत रहेको गीतमा सुरज पण्डितको स्वर सुन्न सकिन्छ। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले विदेशिएका युवाहरुलाई नेपालमै फर्किनु पर्ने सन्देश दिन्छ। गीतका शब्दहरु मनछुने खालका छन्।

नेपालमा केही गर्छु भन्ने रहर भएपनि विदेशिनु पर्ने बाध्यता र युवाहरु विदेशिदा गाउँ रित्ता भएका कुराहरु गीतमा समेटिएका छन्। गरिब र पहुँच नभएकाले सधैँ दु:ख भोग्नुपरेको र लुटेराहरु भने महलमा बसिरहेको विषयवस्तुलाई गीतले व्यङ्ग्य गर्छ।

गीतको भिडियोमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ती राई, रेजिना बस्नेत, होम बहादुर आचार्य, अदिति आचार्य लगायतका कलाकारहरुको अभिनय छ।  

त्यसैगरि, गीतको भिडियोमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन रहेको छ। गीतको शब्द मन परेर यस प्रोजेक्टमा जोडिएको श्रेष्ठले बताए।

केदारले भिडियोलाई कलात्मक शैलीमा ढालेका छन्। बच्चाले रेलगाडी खेलेको, रुखमा झोलाहरु झुन्डाएको र विदेशिदा पासपोर्ट लेखिएको सांकेतिक द्वारको दृश्यले तान्छ।

वैज्ञानिक समाजवादी पार्टीका नेता समेत बनेका रायमाझी रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित फिल्म ‘रुदाने’ का निर्माता समेत हुन्। जुन फिल्म प्रदर्शन हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell