PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

राष्ट्रपतिबाट आममाफी पाएका सांसद चौधरी रिहा



पहिलोपोस्ट

राष्ट्रपतिबाट आममाफी पाएका सांसद चौधरी रिहा

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन्। नेपाल प्रहरीले माघ १९ गते सांसद चौधरीललाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।

जिल्ला कारागार धनगढीबाट आइतवार बिहान उनी रिहा भएका हुन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन्।

उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिबाना सुनाएको थियो।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो।

प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते कैद तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell