PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

टुँडिखेलमा यस्तो देखियो प्रजातन्त्र दिवस समारोहको दृश्य

टुँडिखेलमा यस्तो देखियो प्रजातन्त्र दिवस समारोहको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतवार नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने सहमतिको आवश्यकता भएको प्रचण्डले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell