PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पाल्पामा ससुराली गएका एक पुरुष मृत फेला



पहिलोपोस्ट

पाल्पामा ससुराली गएका एक पुरुष मृत फेला

बुटवल : पाल्पामा ससुराली गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पाल्पाको रिब्दिकोट गाउँपालिका-४ भार्कोट स्थायी घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार सुवेदी गएको शुक्रवार श्रीमती कोपिलासँगै रिब्दिकोट गाउँपालिका-४ भार्कोटस्थित ससुरालीमा पुगेका थिए। शनिवार बेलुका खाना खाई सुतेका उनी आइतवार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

आइतवार बिहान साढे ६ बजेको समयमा चिया पिउनको लागि उठाउन जाँदा सुतेकै ठाउँमा मृत अवस्थामा आफूले देखेको श्रीमती कोपिलाले प्रहरीलाई बताएकी छिन्। प्रारम्भिक अनुसन्धान पश्चात शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको र घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell