PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

प्रिन्सलाई 'ह्याट्रिक' उपाधि



पहिलोपोस्ट

प्रिन्सलाई 'ह्याट्रिक' उपाधि
तस्बिर: राखेप

काठमाडौँ: प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकलतर्फ उपाधि जितेका छन्। नेपाल पुलिस क्लबका प्रिन्सले एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै 'ह्याट्रिक' उपाधि जित्न सफल भएका हुन्।

यसपटकको उपाधि जित्न दाहालले आर्मीका फुल महर्जनलाई हराए। प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उपाधि जितेका हुन्। पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए। प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो। यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए।

च्याम्पियन प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै उपबिजयी प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। विजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शीर्ष १२ वरीयता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन्। अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो। यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell