PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

दुई दशकपछि नेपालमा एसियन क्रसकन्ट्री च्याम्पियनसीप, ३ करोड ६५ लाखबढी लागतको अनुमान



पहिलोपोस्ट

दुई दशकपछि नेपालमा एसियन क्रसकन्ट्री च्याम्पियनसीप, ३ करोड ६५ लाखबढी लागतको अनुमान
तस्बिर: राखेप

काठमाडौँ: नेपाल एथलेटिक्स संघको आयोजनामा फागुन २३ गतेबाट नेपालमा १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसीप आयोजना हुने भएको छ। नेपाल एथ्लेटिक्स संघले आज पत्रकार सम्मेलन गर्दै दुई दशकपछि नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

उकालो, ओरालो र कच्ची सडकहरुलाई समेटेर तयार पारिएको कोर्षमा संचालन हुने यो प्रतियोगिता २००१मा नेपालले आयोजना गरिसकेको छ।

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीमा नेपाली सहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडी सहभागि हुने प्रक्षेपण संघको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राविधिक एवम् सहयोगी समेत गरि प्रत्यक्ष रुपमा करीव ६५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ।

काठमाण्डौंको गोर्कणस्थित गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा संचालन हुने १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीप मा सिनियर पूरुष र महिला तर्फ १० कि. मि., २० बर्ष मुनिका जुनियर पूरुष तर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिला तर्फ ६ कि.मि.का कूल ४ बिधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता आयोजना गर्न संघले मूल आयोजक समिति, सचिवालय टिम सहित विभिन्न ७ वटा समितिहरु गठन गरिएको जनाएको छ।

प्रतियोगिताको अनुमानित बजेट करिव तीन करोड पैसठ्ठी लाख पचपन्न हजार पाँच सय रुपैया रहेको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell