PahiloPost

Nov 16, 2025 | १ मंसिर २०८२

लुम्बिनी प्रदेश सरकारमा जसपाको इन्ट्री, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल नियुक्त



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सरकारमा जसपाको इन्ट्री, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारीलाल नियुक्त

बुटवलः लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सामेल भएको छ। आइतबार जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन्।

जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा स्थानान्तरण गरेर अहिरलाई मन्त्री बनाइएको हो। मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गरेका हुन्। अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताए।

यसअघि गत माघ २८ मा मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो। सोअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपालाई सामेल गराएका हुन्।

लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन्। यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी जिम्मेवारी दिइने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell