PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

पूर्वमन्त्री मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन



रासस

पूर्वमन्त्री मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री प्राडा मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको सोमवार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए। उनका छ छोरा र एक छोरी छन्। उनको मंगलवार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell