PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ



पहिलोपोस्ट

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले शपथ लिएका छन्। उनले सोमबार प्रदेश प्रमुखको कार्यालय, बुटवलमा पद तथा गोपनियताको शपथ लिएका हुन्।

अहिरलाई मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुखले आइतबार मन्त्रीमा नियुक्त गरेका थिए। सरकारलाई समर्थन गरेपनि जसपा यसअघि सरकारमा सहभागी भएको थिएन। यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त भएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने जिम्मेवारी दिएर अहिरलाई कृषिमन्त्रीमा नियुक्त गरिएको हो।

उनी बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन्। अब लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय र ११ जना मन्त्री भएका छन्। जसमध्ये एमाले मुख्यमन्त्रीसहित ५ माओवादी केन्द्र ३ तथा जनमत, राप्रपा र जसपाका एकएक मन्त्री छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell