PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हात्तीको आक्रमणबाट महिला घाइते भएपछि स्थानीय आक्रोशित, सेनाको पोस्ट तोडफोड



पहिलोपोस्ट

हात्तीको आक्रमणबाट महिला घाइते भएपछि स्थानीय आक्रोशित, सेनाको पोस्ट तोडफोड

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन्। मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा केही बेरअघि हात्तीले स्थानीय महिनामाथि आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले पुष्टि गरे।

६० वर्षीय राधादेवी अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको उनले जानकारी दिए। अधिकारीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ।

जंगली हात्तिको अक्रमणबाट महिला घाइते भएपछि आक्रोशित बनेका स्थानीयले आर्मीको पोष्टमा तोडफोड र आगजनी गरेका छन्। आक्रोशित स्थानीयले मनहरी - ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell