PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

कांग्रेससँग मिलेमतोको आरोपपछि रास्वपा मकवानपुरको सभापति परिवर्तन



पहिलोपोस्ट

कांग्रेससँग मिलेमतोको आरोपपछि रास्वपा मकवानपुरको सभापति परिवर्तन

हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मकवानपुर सभापति ६ महिनामै परिवर्तन गरिएको छ। राजकुमार न्यौपानेको ठाउँमा भरत पराजुलीलाई रास्वपाको मकवानपुर जिल्ला सभापति बनाइएको हो। न्यौपाने गत साउन २८ गतेमात्र पार्टी सभापति भएका थिए।

६ महिनामात्रै सभापति पद सम्हाल्न पाएका न्यौपानेले गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेससँग मिलेमतो गरेर आफ्ना पार्टीको उम्मेदवार हराउन लागेको आरोप लागेको थियो। त्यसपछि पार्टीको कार्यसमिति सदस्यसहित जिल्लाका अन्य पदाधिकारीले न्यौपानेको राजीनामा माग गर्दै केन्द्रीय सभापति रवि लामिछानेसमक्ष हस्ताक्षर बुझाएका थिए।

सोही क्रममा आइतवार हेटौंडामा भएको एक कार्यक्रमका बीच न्यौपानेको स्थानमा पराजुलीलाई रास्वपा मकवानपुर जिल्ला सभापति बनाइएको हो। सभापति परिवर्तन भएपछि निर्वतमान सभापति न्यौपानेले भने पार्टीभित्रको अन्तरद्वन्द्वका कारण आफूले पदबाट राजीनामा दिएको बताए। न्यौपानेले पार्टीको कारण र आफ्नै व्यक्तिगत कामका कारण राजीनामा दिएको बताए। उनले  यस विषयमा भोलि हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell