PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा सवा दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित



पहिलोपोस्ट

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा सवा दुई घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं : सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। दिउँसो १२:१५ बजेदेखि इन्टरनेट अवरुद्ध हुँदा दिउँसो २:३५ बजेसम्म अध्यागमन सेवा प्रभावित भएको विमानस्थलका एक कर्मचारीले बताए।

‘इन्टरनेटमा समस्या आएका कारण आज दिउँसो यात्रु सेवा प्रभावित भएको हो। सवा दुई घण्टा म्यानुअलमा काम गर्दा यात्रु चाप बढेको थियो’, विमानस्थलका एक कर्मचारीले भने, ‘इन्टरनेट आएपछि सेवा पुनः प्रवाह हुन थालिसकेको छ।’

यसअघि पनि विमानस्थलको सर्भर नै ह्याक हुँदा इमिग्रेसनमा समस्या आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell