PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

बालाजु घटनामा प्रहरीको कमजोर कमान्ड, दुई वृत्त प्रमुख डिएसपीलाई कारबाहीको सिफारिस



पहिलोपोस्ट

बालाजु घटनामा प्रहरीको कमजोर कमान्ड, दुई वृत्त प्रमुख डिएसपीलाई कारबाहीको सिफारिस

काठमाडौं : फागुन १ गते बालाजु, माछापोखरी नयाँ बसपार्कलगायत क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण गर्न नसक्नुमा प्रहरीको कमान्ड कमजोरी देखिएको छ।

डिआइजी मसाउद आलम खाँको नेतृत्वमा भएको छानबिन समितिको निष्कर्षमा कमान्ड सम्हालेका दुई प्रहरी वृत्तका प्रमुखको कमजोरी भएको देखिएको छ। वृत्त बालाजु र सोह्रखुट्टेका दुई डिएसपीको कमान्ड कमजोर भएका निष्कर्ष समितिको रिपोर्टमा उल्लेख छ। समितिले दुई वृत्तका डिएसपीलाई कारबाही गर्ने सिफारिस गरेको छ। गठित छानबिन समितिले सोमवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दिवेश लोहनीलाई प्रतिवेदन बुझाएको हो।

'प्रतिवेदन बुझाउनु भएको छ। अब यसको अध्ययन गरेर थप कारबाहीको प्रक्रियामा जान्छौँ,' एआइजी लोहनीले भने।

'मौका' पाए 'लुटेरा' बन्ने 'नागरिक' र निरीह बनेको प्रहरीले सम्झाए त्यो भयको राज

काठमाडौं उपत्यका प्रहरी कार्यलयले महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपीको जिम्मेवारीसमेत खोसेको छ। डिएसपी विष्टलाई कार्यालयमा तानेर अर्का डिएसपीलाई जिम्मेवारी सुम्पिएको थियो। सोमबार आन्दोलनको क्रममा प्रदर्शनकारीले डिएसपी चढ्ने भ्यानमा आगो लगाइदिएका थिए।  प्रहरीको बा २ झ १४४ नम्बरको स्कारपियो र बा १ झ ७२२४ नम्बरको  गाडीमा तोडफोड तथा आगलागी भएको थियो।

त्यस्तै आन्दोलनको क्रममा कमान्ड चुकेको भन्दै डिएसपी जिम्मेवारी मुक्त गरिएको हो। त्यस्तै सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell