PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

टर्कीएमा फेरि गए दुई ठूला परकम्प, कम्तीमा ४ जनाको मृत्यु



पहिलोपोस्ट

टर्कीएमा फेरि गए दुई ठूला परकम्प, कम्तीमा ४ जनाको मृत्यु
Photo: EPA

टर्कीएमा पुनः दुई ठूला परकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। दुई परकम्प गएसँगै उद्धारकर्ताहरु पुनः भग्नावशेषमा फसेका मानिसहरुको खोजी तथा उद्धार गर्ने कार्यमा लागेका छन्

फेब्रुअरी ६ मा गएको भूकम्पले तहसनहस भएको सिरियाको सीमानजिकको क्षेत्रमा सोमवार ६.४ र ५.८ म्याग्निच्युड को परकम्प गएको हो। ठूलो भूकम्पका कारण सिरिया र टर्कीएमा गरी ४४ हजार मानिस मृत्यु भएको छ भने लाखौँ मानिसहरु घरबारविहीन भएका छन्।

टर्कीएको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार राति ८:०४ मा ६.४ को परकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ। मृत्यु हुनेमध्ये तीन जना अन्टाक्या, डेफने र समन्दगका रहेको भन्दै गृहमन्त्री सुलेमान सोयलुले मानिसहरूलाई सम्भावित खतरनाक भवनहरू नजिक नजान आग्रह गरेका छन्। सोयलुले २१३ जना घाइते भएको पनि बताएका छन्।

सो परकम्पका कारण सिरियामा करिब ४७० जना घाइते भएको बताइएको छ। सो परकम्प इजिप्ट र लेबनानमा पनि महसुस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell