PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मैदानभित्र सप्रिएको नेपालको प्रदर्शन, मैदानबाहिर ‘हेल्मेट’ राख्ने व्यापार



समर्थ रञ्जित

मैदानभित्र सप्रिएको नेपालको प्रदर्शन, मैदानबाहिर ‘हेल्मेट’ राख्ने व्यापार

काठमाडौं : एउटा उखान छ : ‘पशुपतिको जात्रामा सिद्राको व्यापार’। कीर्तिपुरमा क्रिकेट चलिरहँदा स्टेडियम बाहिर राम्रो व्यापार पनि चलिरहेको छ। सँधैजसो चिसो, चटपट, चना, मटर पाइने गरेकोमा आजको खेलमा भने झण्डा र हेल्मेट राख्न मानिसहरु लागेका छन्।

कोही नेपालको झण्डा बेचिरहेका छन् भने कोही हेल्मेट राखेर शुल्क लिइरहेका छन्। एउटा हेल्मेट राखेबापत ५० रुपयाँ अधिकांशले लिने गरेका छन्। मैदान परिसरमा हेल्मेट लिएर प्रवेश नपाइने हुँदा समर्थकहरुलाई पनि एकहिसाबले सहज भएको छ।

हेल्मेटमा नम्बर टालेको हुन्छ, त्यसैलाई आधार बनाएर उनीहरुले हेल्मेट राखिरहेका छन्। हेल्मेट राख्ने काममा व्यस्त एक युवाले हेल्मेट हराउने क्रम बढेपछि आफूहरुको यो काम सुरु गरेको बताए।

टस जितेर बलिङमा नेपाल

मैदान भित्र भने नेपाल टस जितेर बलिङमा उत्रिएको छ। ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३४ औं ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६८ रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछानेल ४ विकेट लिँदा कुशल मल्लले एक विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell