PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् गरेकी छन्।

संघीय सरकारको ३५ करोड ३२ रुपैयाँ लागतमा निर्मित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको ३ तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।

प्रतिष्ठानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ मानिसबाटमात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने र प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित स्वास्थ्य सेवाको अधिकार लागू गराउन प्रतिष्ठानले टेवा पुर्‍याउने उनले बताइन्।

राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुन जरुरी रहेको बताइन्। आम नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्न मदन भण्डारीको स्मृतिमा भवन निर्माण हुनुले आफूलाई  खुसी लागेको उनले बताइन्। 'केवल रोग नलाग्नु मात्र स्वस्थ हुनु होइन स्वस्थ हुन सकारात्मक रहनु नै वास्तवमा स्वस्थ रहनु हो, हाल व्याप्त जनसंख्या वृद्धि, संक्रामक रोगहरुको प्रकोपलाई न्यूनीकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तिनै तहको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्।

उद्घाटनपछि राष्ट्रपति भण्डारीले अस्पतालको अवलोकन तथा निरीक्षण समेत गरेकी थिइन्। हेटौंडा उपमनपा–१ स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको परिसरमा अस्पतालको नवनिर्मित भवन उद्घाटन समारोह कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विश्वराज जोशीको सभाध्यक्षता तथा वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, वाग्मती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिक राम जमरकट्टेल, प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभामुख भुवन पाठक, प्रतिष्ठानका सहकुलपति  तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधि सभा सदस्य महेष बर्तौला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राईलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell