PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

रोहितको अर्धशतक,ब्याटिङको फेरि कमजोर लय?



पहिलोपोस्ट

रोहितको अर्धशतक,ब्याटिङको फेरि कमजोर लय?

काठमाडौँ: नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा पौडेलले नेपालको ब्याटिङ धरासायी भएको अवस्थामा अर्धशतक बनाएका हुन्।

पौडेलले ५४ बलमा ४ चौका र २ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्। अहिले क्रिजमा करण केसी र पौडेल छन्।

नेपालले ३२.२ ओभरमा १४० रन बनाएको छ।

ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएर सुरु भएको नेपालको विकेट पतनको शृङखला अहिले पनि चलिरहेको छ। पौडेल बाहेक ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा कुशल मल्लले १७ तथा आशिफ शेखले १२ रन बनाए।

२ सय १३ रनको लक्ष्य

नेपाली क्रिकेट टोलीले जितका लागि २ सय १३ रनको लक्ष्य प्राप्त गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३१ तथा केल कोएट्जर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा करण केसीले ३ तथा कुशल मल्ल र ललित राजवंशीले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell