PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

खेलको माहोल जम्दै जाँदा उत्साहीत बने समर्थक, अनि बर्सियो प्रहरीको लाठी



समर्थ रञ्जित

खेलको माहोल जम्दै जाँदा उत्साहीत बने समर्थक, अनि बर्सियो प्रहरीको लाठी

काठमाडौँ: मंगलवार कीर्तिपुरमा स्कटल्याण्डलाई हराउँदै नेपालले सानदार एकदिवसिय सिरिजमा क्लिन स्वीप गर्न सफल भयो। आजको खेलमा नेपालको प्रतिद्वन्दी थियो: क्रिकेट विश्वकप लिग २ को च्याम्पियन टोली स्कटल्याण्ड।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले नेपालसामू २१३ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गर्‍यो। भलै कप्तान रोहित पौडेल र करण केसीले सानदार साझेदारी गर्दै नेपाललाई लक्ष्यसम्म पुर्‍याए। ३१.५ ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको नेपालको ब्याटिङ हेर्दा लागिरहेको थियो नेपालको हातबाट खेल फुत्किसक्यो। तर, कप्तान पौडेल र केसीले ७५ रनको साझेदारी गर्दै नेपाललाई लक्ष्यसम्म पुर्‍याउन सफल भए।

नेपालको ब्याटिङ फितलो हुँदा खेल मैदान आएका दर्शकहरु निराश बन्दै आएका थिए। सुरुसुरुमा हुटिङ लगाइरहेका समर्थक ब्याकटूब्याक विकेट जान थालेपछि स्तब्ध बनेका थिए। जब करण र पौडेलको साझेदारी जम्यो, समर्थकहरु उत्साहीत बन्न थाले। केही समर्थकहरु त उफ्रिएर तोकिएको क्षेत्रभन्दा अगाडि मैदान तर्फ बढे। तर, यतिकैमा प्रहरीले हस्तक्षेप गर्‍यो। र, उनीहरुलाई पछि हटायो। खेल आफ्नै लयमा अगाडि बढ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell