PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडको सानदार पुनरागमन, लिभरपुलको फराकिलो हार



पहिलोपोस्ट

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडको सानदार पुनरागमन, लिभरपुलको फराकिलो हार
Photo: Reuters

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग घरेलु मैदानमा ५-२ गोलअन्तरले पराजित भएको हो।

खेलको चौथो मिनेटमै मोहम्मद सलाहको पासमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै १५ औं मिनेटमा सलाहले लिभरपुलका लागि दोस्रो गोल गरे। दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडले पहिलो हाफमै पुनरागमन गर्न सफल भयो। खेलको २१ औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै मड्रिडको खाता खोलेका भिनिसियस जुनियरले ३६ औं मिनेटमा अर्को गोल थप्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए।

खेलको ४७ औं मिनेटमा इडर मिलिटाओले लुका मोड्रिचको पासमा गोल गर्दै खेलमा मड्रिडलाई अग्रता दिलाए। त्यस्तै ५५ र ६७ औं मिनेटमा करिम बेन्जेमाले गोल थप्दा रियल मड्रिडले २-५ गोलको सानदार पुनरागमन जित निकाल्न सफल भयो।

यी दुई टोली मार्च १६ मा मड्रिडको घरेलु मैदान सान्टिआगो बर्नेबेउमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell