PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी



पहिलोपोस्ट

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी

फुङ्लिङ : जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन्। पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्।

महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए। कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन्।

कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन्।

‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ,’ जेलर  खवासले भने।

कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उनको गुनासो छ। नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell