PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व शिखर सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीजरल्याण्ड प्रस्थान



रासस

बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व शिखर सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीजरल्याण्ड प्रस्थान

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीजरल्याण्ड प्रस्थान गरेका छन्। स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गएराति त्यसतर्फ गएका हुन्।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ। मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन्। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell