PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

कालिका मन्दिरको दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा



रासस

कालिका मन्दिरको दर्शन गर्न राष्ट्रपति भण्डारी बागलुङमा
फोटो : रासस

ढोरपाटन : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार बिहान बागलुङ आइपुगेकी छन्। बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान १०:३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले स्वागत गरे।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell