PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे प्रकाशमानलाई



पहिलोपोस्ट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे प्रकाशमानलाई

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधवार बिहान चाक्सीबारी पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्।

मुख्यमन्त्री शाह कांग्रेसमा सिंह निकट नेता हुन्। भेटमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको सिंहको सचिवालयले जनायो। एमाले नेतृत्वको सरकार ढलेसँगै शाह गत माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell