PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपालमा फेरि खेल्ने स्कटिस् पूर्वकप्तानको इच्छा, 'हाम्रा सिनियर खेलाडीले पनि यति धेरै समर्थकबीच खेलेका थिएनन् कि?'



पहिलोपोस्ट

नेपालमा फेरि खेल्ने स्कटिस् पूर्वकप्तानको इच्छा, 'हाम्रा सिनियर खेलाडीले पनि यति धेरै समर्थकबीच खेलेका थिएनन् कि?'

काठमाडौं : स्कटिस क्रिकेट टोलीका पूर्वकप्तान काएल कोटजरले नेपालमा फेरि खेल्ने इच्छा भएको जनाएका छन्। उनले यतिधेरै समर्थककाबीच स्कटल्याण्डका अधिकांश खेलाडीले नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिज अघि नखेलेको भन्दै नेपालसँग नेपालमा 'बाइल्याट्रल सिरिज' खेल्न चाहेको बताए।

'नेपालले धेरै राम्रो खेल खेलिरहेको छ। मलाई लाग्छ हामी फेरि आउन सक्छौँ र फेरि खेल्न सक्छौँ,' उनले भने, 'यहाँको वातावरण। समर्थकको भीड...यहाँ चाँडै धेरै कुरा सिक्न सकिन्छ।'

उनी थप्छन् : हाम्रा युवा खेलाडी र धेरै सिनियर खेलाडीले पनि यति धेरै समर्थकका अगाडि सायद यसरी खेलेका थिएनन्।

ठूला लक्ष्यहरु पछ्याइएको यी खेलहरु र यसले ल्याएको एक्साइटमेन्ट विशेष भएको उल्लेख गर्दै यसले एसोसिएट देशहरुलाई अगाडि लैजाने विश्वास व्यक्त गरे।

'फ्रेन्चाइजमा खेल्नु र राष्ट्रिय टोलीबाट खेल्नु दुई फरक कुरा हुन्। फ्रेन्चाइजमा विश्वभरबाट नयाँनयाँ खेलाडी भेट हुन्छ,' उनले भने, 'नेपालमा मैले स्थानीय नेपाली खेलाडीसँग पनि खेलें। उनीहरु अझै सम्पर्कमा छन्। यहाँ स्कटल्याण्डबाट खेल्न आउनु पनि विशेष छ।'

उनले आफ्नो टोलीका सदस्यहरुलाई नेपालमा ठूलो संख्यामा समर्थकहरु आउनेबारे पहिल्यै बताएकोसमेत सुनाए।

सबै ३६ खेल पुरा गरेको स्कटल्याण्ड यसअघि नै च्याम्पियन बनिसकेको थियो। स्कटल्यान्ड ५० अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको ओमनले पनि सबै ३६ खेल पुरा गरेर ४४ अंक जोडेको छ।

'शीर्षस्थानमा रहँदै लिग २ को समाप्ति गर्नु गौरवको विषय हो,' उनले भने।

तेस्रो स्थानमा रहेको नामिबियाले ३४ खेलबाट ३७ अंक जोडेको छ। नेपाल सिरिजमा ब्यहोरेको चारवटा हारले नामिबियालाई ठूलै धक्का पुगेको छ। त्यस्तै चौथो स्थानमा ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तथा पाँचौ स्थानमा २६ खेलबाट २७ अंक जोडेको यूएई छ।

नेपालले भने यो सिरिजमा ४ खेलबाट ८ अंक थप्दा २८ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छन्। तालिकाको पुछारमा रहेको पीएनजीले २८ खेलबाट ५ अंक जोडेको छ। नेपालले अब यूएई र पीएनजीसँग सिरिज खेल्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell