काठमाडौं : जन्ममिति प्रकरणमा तानिएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले राजीनामा बुझाएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर डिआइजी सिंहले राजीनामा बुझाएका हुन्। जन्ममिति फेरेर नागरिकता पेस गरेको विषयमा अनुसन्धान हुने भएपछि उनले सेवाबाट बर्खास्त हुने सम्भावना बढेपछि राजीनामा दिएका हुन्। उनको नागरिकताको जन्म मितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नागरिकतामा उनको जन्ममिति २०२४ हुनुपर्नेमा उनको शैक्षिक प्रमाणपत्रमा भने २०२५ रहेको छ। जसको आधारमा नै प्रहरीको सिट रोल तय गरिएको थियो।
डिआइजी सिंह हाल सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख हुन्। उनी नेपाल प्रहरीको नेतृत्वमा गर्ने तहमा पुग्ने सम्भावना रहेका प्रहरीमा गनिन्थे। यही चैत ११ गते सेवा अवधिको कारण हालका महानिरीक्षक धिरजप्रताप सिंह अवकाश हुँदै छन्।
त्यसपछि प्रहरी महानिरीक्षक डिआइजी सिंहको ब्याचले पाउँदै छ। त्यसको सम्भावनामा सिंह पनि दाबेदार थिए। तर उजुरी परेपछि सिंहले राजीनामा दिएका हुन्। प्रहरी प्रधान कार्यालयले राजिनामाको जानकारी गृहमन्त्रालयलाई गराउनुपर्छ। गृहले स्वकृत गरेपछि मात्र उनको राजिनामा स्वकृत हुन्छ।