PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

शाहरुखको 'पठान' एक हजार करोड क्लबमा



पहिलोपोस्ट

शाहरुखको 'पठान' एक हजार करोड क्लबमा

शाहरुख खानको फिल्म ‘पठान’ एक हजार करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले प्रदर्शनको २७ ‍औँ दिनमा विश्वभरिबाट बक्सअफिसमा एक हजार करोड भारतीय रुपैयाँको व्यापार गरेको हो।

शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगू भाषामा रिलिज भएको थियो।

त्यसैगरी, पठानले घरेलु बक्सअफिसमा ५१६ करोड भारु कमाइसकेको छ। यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बनेको छ। यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो। ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ। साथै यो फिल्म शाहरुखको करियरकै सबैभन्दा बढि कमाई गर्ने फिल्म समेत हो। 

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell