PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

'हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?', जितपछि पूर्वकप्तान मल्लले सम्झिए मैदानका कर्मचारी



पहिलोपोस्ट

'हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?', जितपछि पूर्वकप्तान मल्लले सम्झिए मैदानका कर्मचारी
फाइल फोटो

काठमाडौँ: नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टीयू क्रिकेट मैदानका कर्मचारीलाई धन्यवाद दिएका छन्। घरेलु मैदानमा नेपालले लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्लिन स्वीप गर्दा टोलीको महत्वपूर्ण सदस्य रहेका मल्लले जितपछि ब्यक्तिगत सन्देश सामाजिक सञ्जालमार्फत जारी गर्दै मैदानका कर्मचारीलाई धन्यवाद दिएका हुन्।

'मैले खेल्न शुरू गरेकै दिनबाट यो तस्वीरमा हुनुभएका मध्ये धेरै अनुहारलाई कीर्तिपुर मैदान वरीपरी देख्दै आएको छु,' पूर्वकप्तान मल्लले मैदानका कर्मचारीहरुसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, 'प्रमुख क्युरेटर मधु दाई, मण्डल दाई र वहाँको परिवार लगायत वहाँहरू धेरै जना नेपाली क्रिकेटको पर्दापछाडिको खेलाडी हुनुहुछ र वहाँहरूको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नेहरू जत्तिकै महत्वपूर्ण छ।'

मल्लले नेपाली क्रिकेट टोलीले सफलता हात पारिरहँदा पर्दा पछाडिको हिरो उनीहरु भएको उल्लेख गरेका छन्।

'आज हामी नेपाली क्रिकेट टिमले पाएको सफलतामा खुशी मनाइरहँदा वहाँहरू लगायत टियु क्रिकेट मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार हुनुहुन्छ। तपाईँहरू सबैजनाको मेहेनत र लगनशीलताको लागि धेरै धेरै धन्यवाद छ,' उनले अगाडि लेखेका छन्, 'हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?'

क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्ना चारवटै खेलमा जित निकाल्दै क्लिन स्वीप गर्न सफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell