PahiloPost

May 24, 2026 | १० जेठ २०८३

ठीक एक महिनाअघि पनि गएको थियो बाजुरामा भूकम्प



रासस

ठीक एक महिनाअघि पनि गएको थियो बाजुरामा भूकम्प

काठमाडौं : बाजुरामा बुधवार दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि बुधवार भूकम्प गएको हो।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ। माघ १० गते मङ्गलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतको भनाइ रहेको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन्।

भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell