PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?



पहिलोपोस्ट

रवीन्द्र मिश्रको प्रस्ताव : ज्ञानेन्द्र शाहलाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि बढाउन सकिने प्रस्ताव गरेका छन्। राष्ट्रपतिको निर्वाचनपूर्व मिश्रले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रस्ताव गरेका हुन्।

'देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?' मिश्रले प्रश्न गरेका छन्।

ज्ञानेन्द्रले गरेको गल्तीलाई सुधार्ने मौका दिनुपर्नेसमेत तर्कसमेत मिश्रले गरेका छन्। 'अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?' मिश्रले भनेका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै मुलुक जोगाउन राजनीतिक दल र राजसंस्था मिल्नुको विकल्प छैन नरहेको बताएका थिए। यही विषय जोड्दै मिश्रले दलहरुले सहकार्यका लागि बिलम्ब गर्न नहुने सुझावसमेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell