काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठलाई मनोनयन गरिएको छ। डेढ दशकदेखि नेपाली चलचित्रमा सक्रिय श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कला तारिफ योग्य भएकाले समितिमा राखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो फेस्टिभल आउँदो चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म आयोजना हुनेछ। यस वर्ष ‘निफ’मा छनौट भएर आएका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।
त्यस्तै, ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तर्क्रिया) समेत आयोजना गरिनेछ। त्यसैगरी, ‘निफ’को प्रमुख सल्लाहकारमा कलाकार निर शाह रहेका छन्। त्यस्तै, कलाकार सुनील थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकार समितिमा रहेका छन्।