PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

‘हेरा फेरी ३’को छायाङ्कन सुरु, ‘राजु’को भूमिकामा अक्षय कुमार नै



पहिलोपोस्ट

‘हेरा फेरी ३’को छायाङ्कन सुरु, ‘राजु’को भूमिकामा अक्षय कुमार नै

बलिउड फिल्म ‘हेरा फेरी ३’को छायाङ्कन सुरु भएको छ। पहिलो र दोस्रो सिक्वेलको सफलतापछि यस फिल्ममा पनि अक्षय कुमार, सुनील सेट्टी र परेश रावललाई पर्दामा देख्न पाइने भएको छ।

‘हेरा फेरी’को तेस्रो पार्ट घोषणादेखि नै चर्चामा छ। यसअघि अक्षयले स्क्रिप्ट मन नपरेको भन्दै तेस्रो भागमा नजोडिने बताएका थिए।

जसकारण उनको ठाउँमा कार्तिक आर्यन देखिने कुरा भएको थियो। तर, दर्शकले अक्षय नभएमा फिल्म नै बहिष्कार गर्ने भनेपछि पुनः अक्षयलाई लिएर सुटिङ सुरु गरिएको हो।

मुम्बईको एम्पायर स्टुडियोमा फिल्मको सुटिङ सुरु गरिएको हो। सुटिङ सेटबाट ‘हेरा फेरी ३’को पहिलो तस्विर बाहिरिएको छ। जसमा अक्षयलाई ‘राजु’को लुकमा देख्न सकिन्छ।

अक्षयको इन्ट्रीसँगै दर्शकहरुले खुसी व्यक्त गरिरहेका छन्। ‘हाउसफुल ४’ निर्देशक फरहाद सामजीले यस फिल्मलाई निर्देशन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell