PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

राष्ट्रपतिबारे छलफल गर्न पार्टीका नेताहरुसहित माधव नेपाल पुगे देउवा निवास



पहिलोपोस्ट

राष्ट्रपतिबारे छलफल गर्न पार्टीका नेताहरुसहित माधव नेपाल पुगे देउवा निवास

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका छन्। राष्ट्रपतिका विषयमा छलफल गर्न आफू निकट नेताहरु लिएर नेपाल धुम्बाराही पुगेका हुन्।

नेताहरुबीच छलफल जारी रहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 'एकीकृत समाजवादीका अध्यक्ष आउनुभएको छ। सभापतिसँग उहाँको छलफल जारी छ,' स्वकीय सचिव देउवाले भने।

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको चर्चा छ। यसले राजनीति थप तरंगित बनाएको बेला नेपाल देउवासँग भेट्न पुगेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell