PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

माधव नेपाल भेट्नसाथ देउवा पुगे बालुवाटार, ओली पुगेका थिए बिहानमात्रै



पहिलोपोस्ट

माधव नेपाल भेट्नसाथ देउवा पुगे बालुवाटार, ओली पुगेका थिए बिहानमात्रै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्। राष्ट्रपतिबारे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्।

बालुवाटारमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पुगेको उनको सचिवालयले जनाएको छ। शनिवार राष्ट्रपतिको उम्मेदवार मनोनयन हुँदैछ। बिहानमात्रै प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए।

ओलीले प्रचण्डलाई राष्ट्रपतिमा एमालेको तर्फबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङको नाम प्रस्ताव गरेको बताइएको छ। यता कांग्रेसले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अघि सारेको छ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिको उम्मेदवारको खोजीमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell