PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्पट फिक्सिङका आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश



पहिलोपोस्ट

स्पट फिक्सिङका आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
फाइल फोटो

काठमाडौंः नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाका तीन आरोपितलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहाको आदेश दिएको हो।

जनही तीन लाख रुपैयाँ धरौटी उनीहरुसँग माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गरेको थियो। प्रतिवादी पाँच जनामध्ये अन्य दुई फरार छन्।

प्रहरीले घटनामा मुख्य योजनाकार लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई मुद्धा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिएको थियो। तर उनीविरुद्ध भने अदालतमा मुद्दा दर्ता भएको छैन।

पुस ९ गतेदेखि २९ गतेसम्म भएको लिगमा ६ टिमका ९० जना खेलाडी सहभागी भएका थिए। फिक्सिङमा विदेशी खेलाडीको पनि सहभागी देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell