
काठमाडौंः राष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा छन्। पूर्व सहमति विपरीत सत्ता गठबन्धनमा मतभेद भएपछि उम्मेदवार चयन हुन सकेको छैन। विपक्षी दल कांग्रेस आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा छ। सत्ता गठबन्धनमा आवद्ध एमाले आफ्नो उम्मेदवारलाई जिताउने रणनीतिमा छ।
फागुन १३ गतेको मनोनयन नजिकिँदै जाँदा दलहरु आ–आफ्नो उम्मेदवारको पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन्। पछिल्लो समय कांग्रेस, एमाले दुबै माओवादी केन्द्रसँग समानान्तर छलफलमा छन्। यस्तै, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि आफ्ना उम्मेदवारको पक्षमा सहमति जुटाउने दौडमा छन्।
बुधबार पनि राजनीतिक दौडधुप कायमै रह्यो।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चार घन्टाभन्दा लामो छलफल भएको छ। साथै बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच भेट भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल तथा पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
भेटमा चुनावअघिको गठबन्धनलाई पुनः ब्युताउने र राष्ट्रपति चुवामा सहकार्य गर्ने विषयमा छलफल भएको छ। तर, दुबै पक्षबीच कुनै ठोस् सहमति भएको छैन।
दुबै पक्षबीच बिहीबार पुनः भेट गरी विषयलाई टुंगोमा पु¥याउने सहमति भएको छ। बिहीबार पुनः दुई दलका नेताहरुबीच छलफल हुनेछ। पछिल्लो समय राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार निर्वाचित हुनेमा कांग्रेस भने ढुक्क छ।