PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

ग्रीन ग्याङका ‘लिडर’ अनमोलको रोयल मनाङ र बारुलाजसँग टकराब



पहिलोपोस्ट

ग्रीन ग्याङका ‘लिडर’ अनमोलको रोयल मनाङ र बारुलाजसँग टकराब

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को ट्रेलर सार्वजनिक भएको छ। यस वर्षको बहुप्रतिक्षित फिल्मको ट्रेलरले तीन ग्याङबिचको द्वन्द्वलाई पछ्याउँछ।

फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथालाई समेटेको छ। जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र बिक्रीबाट पैसा कमाउनु हुन्छ। जहाँ ग्याङस्टार लुकमा देखिएका अनमोललाई ग्रीन ग्याङको ‘लिडर’को रुपमा प्रस्तुत गरिएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, निगम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्य रहेको छ। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। मनाङ र चितवनमा छायाङ्कन भएको यो फिल्म फागुन १९ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell